काठमाडौं । मंगलबार सुनचाँदीको भाउ केही बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै गत मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । । गत मंगलबार चाँदी ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्