काठमाडौं । सरकारले नदी किनारमा बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्र बनाउने तयारी गरेसँगै काठमाडौंका सुकुम्बासी बस्तीमा त्रास र चहलपहल बढेको छ।
बिहीबार कपनको साततले क्षेत्रस्थित धोबी खोला करिडोर नजिक बसोबास गर्ने सुकुम्बासीहरू सामान सार्दै देखिएका छन्। शुक्रबारदेखि नदी किनार आसपास बनेका सबै सुकुम्बासी बस्तीका संरचना भत्काउने तयारी सरकारले गरिरहेको छ।
सरकारले डोजर परिचालन गर्ने तयारीसँगै प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारहरू आफ्नो दैनिक सामान सुरक्षित स्थानतर्फ सार्न थालेका छन्। यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा नदी किनार अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान सञ्चालन हुँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्