Skip to content

पक्राउ परेका कांग्रेस नेता रमेश लेखक सरकारी वकिल कार्यालयमा, ओलीलाई पनि ल्याइँदै (सात तस्विर)

कालोपाटी

2 घंटे ago

काठमाडौं ।पक्राउ परेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई म्याद थपका लागि आइतबार सरकारी वकिल कार्यालयमा ल्याइएको छ। अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा प्रहरीले उनलाई म्याद थपको लागि उपस्थित गराएको हो।

प्रहरी स्रोतका अनुसार सोही प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि सरकारी वकिल कार्यालयमा ल्याउने तयारी भइरहेको छ। उनीसँग पनि सोधपुछ गर्ने तयारी भइरहेको जनाइएको छ।

यस घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र संलग्नताको आधारमा अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान विस्तार हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार