Skip to content

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

कालोपाटी

3 घंटे ago

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।

अस्ति बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीको बुँदा नम्बर ८९ मा यो व्यवस्था उल्लेख छ ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको थियो।

आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य बन्द गर्ने कार्ययोजनामा उल्लेख छ ।

विद्यार्थीहरूमा मनोवैज्ञानिक असर र अनावश्यक दबाव नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ ।

यसको सट्टा विद्यार्थीको सिकाइ मूल्याङ्कनका लागि दबाबरहित र मनोवैज्ञानिक रूपमा उपयुक्त हुने वैकल्पिक प्रणाली तयार गरिने सरकारको योजना छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार