Skip to content

सोविताको पहिलो निर्णय-बलात्कार र यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने

कालोपाटी

14 मिनट ago

काठमाडौं । नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले केही गम्भीर अपराधका कसुरदारलाई कारबाही तथा पीडितको शीघ्र न्यायका लागि विद्यमान कानुनी बाधा हटाउने पहिलो निर्णय गरेकी छन् ।

पदवहाली गर्दै गौतमले जबरजस्ती करणी र जबरजस्ती करणीपश्चात हुने हत्या, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसुरका दोषीलाई दण्ड सजाय र पीडितलाई शीघ्र न्यायका लागि अपराध संहितालगायतका कानुनहरूमा देखिएका अवरोध अध्ययन कार्यदल बनाइ पहिचान गर्ने र संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार